विपि स्मृति एमेचर फुटसल सुरु पहिलो दिन १४ खेल सम्पन्न

पाेखरा | साउन ६, २०८२

विपि स्मृति एमेचर फुटसल सुरु पहिलो दिन १४ खेल सम्पन्न

पोखरा:  पोखरामा विपि स्मृति एमेजर फुटसल प्रतियोगिता सुरु भएको छ । नयाँ गाउँ युथ क्लबको व्यवस्थापनमा पोखरा रंगशालामा आजबाट प्रतियोगिता सुरु भएको हो । 


युगपुरुष विपि कोइरालाको ४३ औं स्मृति दिवसको अवसर पारेर प्रतियोगिताको आयोजना गरिएको हो । जननायक विपि कोइरालाले राष्ट्रिय एकता तथा मेलमिलाप नीति कायम गराएका थिए । 


मेलमिलाप तथा राष्ट्रिय एकता कायम गराउने व्यक्तिले दिएको सन्देशलाई आत्मसात गर्दै अमित गुरुङ र अन्तिम गुरुङले आफ्ना स्वर्गारोहण भएका साथिहरुको स्मृतिमा प्रतियोगिताको आयोजना गरेको हो । 


प्रतियोगिताको उद्घाटन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य गुरुदत्त बरालले राज्यले खेलकुदमा लगानी बढाउन आवश्यकता रहेको बताए । विपि कोइरालाको सोँच र विचार राष्ट्रिय एकता र मेलमिलाप भएको सुनाउँदै अबको समयमा त्यो खेलकुदबाट सम्भव रहेको बताए । 


युवाहरुको रोजाइ नै खेलकुद क्षेत्र रहेकाले यसमा राज्यले लगानी बढाइ खेलकुदलाई व्यवसायिकता बनाउनुपर्नेमा उनको जोड थियो ।  


प्रतियोगिताको विजेताले नगद एक लाख रुपैयाँको साथमा शिल्ड, मेडल र ट्रफी प्राप्त गर्नेछन् । यस्तै उपविजेताले ५० हजार रुपैयाँको साथमा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । 


सर्वोत्कृष्ट खेलाडीले ५ हजार तथा उत्कृष्ट गोलरक्षक र उच्च गोलकर्ताले समान दुई÷दुई हजार रुपैयाँ प्राप्त गर्ने प्रतियोगिता संयोजक विकास गुरुङले जानकारी दिए । 


युवाको प्रतिभा उजागर गर्न र स्थानीय र राष्ट्रिय खेलाडीबिच सम्पर्क तथा सम्बन्ध स्थापित गर्ने उद्देश्यले पहिलो पटक प्रतियोगिता आयोजना गरिएको अमित र अन्तिमले बताए । 


दुई दिनसम्म चल्ने प्रतियोगितामा करिब ३० टिमको सहभागिता रहको छ । प्रतियोगीताबाट बचत हुने रकम तनहँुको भानु नगरपालिका ७ मा रहेको चण्डिका बालगृहलाई सहयोग गर्ने आयोजकले जनाएको छ । 


सो बाल गृहमा हाल विभिन्न जिल्लाका १८ जना असहाय बालबालिका आस्रित रहेका छन् । अनिल गुरुङ, सजत कार्की र उत्तम गुरुङको स्मृतिमा उनका साथिद्धय अमित र अन्तिमले मुख्य प्रायोजन गरेका हुन भने, प्रदेश खेलकुद परिषद् गण्डकी, लोकतान्त्रिक खेलकुद संघ कास्की र नयाँ गाउँ युवा क्लबको सहयोग रहेको छ ।
 

पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् ।   शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

थप पढ्नुहोस्

कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।   राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ः३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु...

थप पढ्नुहोस्

पोखरा ।   नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।    चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

थप पढ्नुहोस्